वीरगञ्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकामा विकास निर्माणका क्रममा गरिएको लापरबाहीका कारण दुई बालिकाले ज्यान गुमाउनु परेको छ । वीरगन्ज महानगरपालिका–२६, सुगौलीको चक्रदहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना दिदी–बहिनीको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा स्थानीय प्रभु ठाकुरका ५ वर्षीया छोरी पुच्की ठाकुर तथा ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन् । सोमवारदेखि हराइरहेका उनीहरूको शव मंगलवार बिहान सोही खाल्डोमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्थानीयका अनुसार, सोमवार दिउँसो दुबै बालिका आफ्ना हजुर बुवा किशोरी ठाकुरसँग चक्रदहस्थित खेतमा गएका थिए । हजुर बुवा खेतको काममा व्यस्त रहँदा बालिकाहरू नजिकै खेलिरहेका थिए । केही समयपछि हजुर बुवा उनीहरूलाई खेत मै छाडेर केही बेरका लागि घर फर्किएका थिए ।
तर, घरबाट पुनः खेतमा फर्किंदा दुवै बालिका त्यहाँ थिएनन् । हजुर बुवा र परिवारका अन्य सदस्यहरूले तत्कालै गाउँ, छिमेक, आफन्त र सम्भावित सबै ठाउँमा खोजी गरे पनि बालिकाहरूको कुनै अत्तोपत्तो लाग्न सकेन ।
खोजतलास गर्दा पनि छोरीहरू नभेटिएपछि परिवारमा रुवाबासी चल्यो । सोमवार राति ढिलोसम्म खोज्दा पनि फेला नपरेपछि बालिकाकी आमा अन्तिमा देवीले राति इलाका प्रहरी कार्यालय सुगौली बिर्तामा आफ्ना नाबालक छोरीहरू हराएको लिखित/मौखिक जानकारी गराएकी थिइन् ।
आमाको उजुरीलगत्तै प्रहरी नायब निरीक्षक जागेश्वर महतोको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरी रातभर खोजी कार्य जारी राखिएको थियो । यसै क्रममा, मंगलवार बिहान उनीहरू हराएको खेतभन्दा करिब ५ सय मिटर पूर्वतर्फ रहेको निर्माणाधीन पुलको खाल्डोमा दुवै बालिकाको शव फेला परेको हो । वर्षा र निर्माण कार्यका कारण उक्त खाल्डोमा ठूलो परिमाणमा पानी जमेको थियो, जहाँ सन्तुलन गुमाएर खस्दा बालिकाहरूको डुबेर मृत्यु भएको अनुमान गरिएको छ ।
घटनाको जानकारी पाएलगत्तै पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको छ । डिएसपी मल्लका अनुसार घटनाको प्रकृतिको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी दुवै बालिकाको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको स्पष्ट कारण खुल्ने र सोही आधारमा अनुसन्धान अघि बढ्ने प्रहरीको भनाइ छ । दुई बालिकाको निधनले यतिबेला सुगौली गाउँ शोकमा डुबेको छ ।
-
राष्ट्रका नाममा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन : शान्ति, सद्भाव र राष्ट्रिय एकता जोगाउन सबैलाई संयम अपनाउन आग्रह
-
निखिल उप्रेतीको ‘आचार्य’ को फर्स्टलुक सार्वजनिक, दमदार अवतारले बढायो उत्सुकता
-
लूनिभाको कान कराउने र दाँत दुखाउने ‘गौँथली’ को क्याइमेक्स
-
मधेशका घटनामा भ्रामक सूचना नफैलाउन सञ्चारमन्त्री तिमिल्सिनाको आग्रह
-
‘अक्षरा’ को ‘नाचौँ न बरि लै’, छमछमी नाचे न्यान्सी र रिस्ता (भिडियो)
-
हराएको सूचनाबाट दुःखद अन्त्य: सानिमा क्यापिटलकी कम्प्लायन्स अफिसर रश्मी रिजाल आफ्नै कारभित्र मृत फेला
-
दुबईको ११ वर्षको अनुभव अब काठमाडौंमा: आगन्तुक खरेलले खोलिन् अन्तर्राष्ट्रियस्तरको ‘प्रीटि सलुन’
-
गुरु पूर्णिमामा पाँच स्रष्टालाई सम्मान, मिथिला शर्माद्वारा गुरु दक्षिणास्वरूप स्थापित
-
मोडल इभा गिरी रुँदै भन्छिन्- ‘एक हप्तादेखि म दुर्व्यवहारको शिकार भइरहेकी छु’
-
रहेनन् देव आनन्दका छोरा सुनील आनन्द