हर्क साम्पाङलाई संसदबाट निकाल्नेदेखि निलम्बनसम्मको चेतावनी, साम्पाङ भन्छन्– ‘हामी तयार छौँ’
काठमाडौं– केही दिनयता प्रतिनिधि सभाको वैठक अर्थात संसदमा प्रधानमन्त्री वालेन्द्र शाह तथा मन्त्रीहरू अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीले लगातार विरोध गरिरहेको छ ।
यद्यपि, बुधवारको बैठकमा सभामुख डीपी अर्यालले लगातार तीन पटकसम्म चेतावनी दिएपछि यो विवाद ‘सांसदको अभिव्यक्ति स्वतन्त्रता’ तथा ‘संसदीय मर्यादा’ बीचको संघर्षका रूपमा विकसित भएको छ ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३०, ३१ तथा ३२ सम्म उद्धृत गर्दै हर्क साम्पाङलाई व्यवहार सच्याउन चेतावनी दिए । नियमावलीअनुसार सभाको काममा अवरोध, अभद्र व्यवहार अथवा सभामुखको आदेश अवज्ञा गरे सदस्यलाई बैठकबाट निकाल्नेदेखि १५ दिनसम्म निलम्बन गर्नेसम्मको व्यवस्था छ ।
तर साम्पाङ भने झन् आक्रामक देखिए । संसद् भवन बाहिर सञ्चारकर्मीसँग उनले खुला चुनौती दिँदै भने– ‘निलम्बन गर्न मन छ भने गरियोस्, हामी तयार छौँ । जनताको आवाज उठाउँदा कारवाही हुन्छ भने त्यो पनि स्वीकार छ ।’
साम्पाङको मुख्य तर्क छ– ‘सरकार संसदप्रति उत्तरदायी छैन ।’ प्रधानमन्त्री र मन्त्रीहरू प्रश्नबाट भागिरहेको आरोप लगाउँदै उनले संसदको सर्वोच्चता जोगाउन आफूहरूको आन्दोलन पाँच वर्षसम्म पनि चल्न सक्ने चेतावनी दिएका छन् ।
रोचक पक्ष के छ भने, उनले आफूहरूले गरेको विरोध नियमावली विपरीत नभएको दावी पनि गरेका छन् । ‘पर्चा बोकेर जान पाइँदैन भनेर कहाँ लेखिएको छ रु’ भन्दै उनले सभामुखको व्याख्यामाथि नै प्रश्न उठाएका छन् ।
यता सभामुख भने संसद्को अनुशासन भत्किँदै गएको सन्देश दिन खोजिरहेका छन् । उनले नियम २० र २१ उद्धृत गर्दै सांसदहरूले बोल्ने प्रक्रिया, आचरण र मर्यादा पालन गर्नुपर्ने स्पष्ट पारे ।
अब प्रश्न उठेको छ– यदि विरोध यही शैलीमा जारी रह्यो भने के सभामुख निलम्बनको बाटोमा जान्छन् ?
नियमावलीले सभामुखलाई त्यस्तो अधिकार दिएको छ । कुनै सदस्यले जानाजानी बारम्बार अवरोध गरे, आदेश नमाने वा सभाको मर्यादा भंग गरे सभामुखले नाम तोकेर निलम्बन प्रस्ताव अघि बढाउन सक्ने व्यवस्था छ । प्रस्ताव पारित भए सांसद बढीमा १५ दिनसम्म संसद् र समितिबाट निलम्बित हुन सक्छन् ।
राजनीतिक रूपमा हेर्दा यो केवल हर्क साम्पाङको विरोध मात्र होइन, नयाँ शैलीको प्रतिपक्षीय राजनीति र परम्परागत संसदीय अनुशासनबीचको टकराव पनि बनेको छ । साम्पाङ ‘सडक शैली’ संसद भित्र ल्याइरहेका छन् भने सभामुख संस्थागत मर्यादा जोगाउने दवावमा छन् ।
अबको प्रश्न एउटै छ– सभामुख कति कठोर हुन्छन्, र हर्क साम्पाङ कति टाढासम्म जान तयार छन् ?
-
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन, ब्रोड पिकमा उद्धारको तीव्र तयारी
-
यस्तो छ तपाईँको आज
-
राष्ट्रका नाममा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन : शान्ति, सद्भाव र राष्ट्रिय एकता जोगाउन सबैलाई संयम अपनाउन आग्रह
-
निखिल उप्रेतीको ‘आचार्य’ को फर्स्टलुक सार्वजनिक, दमदार अवतारले बढायो उत्सुकता
-
लूनिभाको कान कराउने र दाँत दुखाउने ‘गौँथली’ को क्याइमेक्स
-
हराएको सूचनाबाट दुःखद अन्त्य: सानिमा क्यापिटलकी कम्प्लायन्स अफिसर रश्मी रिजाल आफ्नै कारभित्र मृत फेला
-
दुबईको ११ वर्षको अनुभव अब काठमाडौंमा: आगन्तुक खरेलले खोलिन् अन्तर्राष्ट्रियस्तरको ‘प्रीटि सलुन’
-
गुरु पूर्णिमामा पाँच स्रष्टालाई सम्मान, मिथिला शर्माद्वारा गुरु दक्षिणास्वरूप स्थापित
-
मोडल इभा गिरी रुँदै भन्छिन्- ‘एक हप्तादेखि म दुर्व्यवहारको शिकार भइरहेकी छु’
-
रहेनन् देव आनन्दका छोरा सुनील आनन्द