हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन, ब्रोड पिकमा उद्धारको तीव्र तयारी
(फाइल तस्विर)
काठमाडौं- विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा परेपछि सम्पर्कविहीन भएको छ ।
घटनापछि पाकिस्तानका सरकारी निकाय, पर्वतारोहण अधिकारी तथा उद्धार टोलीले खोज तथा उद्धार अभियानको तयारी तीव्र पारेका छन् ।
पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीवार मध्याह्नतिर अचानक ठूलो हिमपहिरो गएको थियो । हिमपहिरो गएलगत्तै आरोहण गरिरहेको टोलीसँग सम्पर्क टूटेको हो । खराब मौसमका कारण तत्काल उद्धारमा कठिनाइ उत्पन्न भएको जनाइएको छ ।
प्रारम्भिक विवरणअनुसार टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी नागरिक तथा पाँच नेपालीसहित विभिन्न देशका १० जना सदस्य रहेका छन् । उनीहरूको अवस्थाबारे हालसम्म आधिकारिक पुष्टि हुन सकेको छैन ।
मौसममा सुधार आउनेबित्तिकै हेलिकोप्टरमार्फत हवाई खोज अभियान सञ्चालन गर्ने तयारी भइरहेको पाकिस्तानका अधिकारीहरूले बताएका छन् ।
खोज तथा उद्धारका लागि सबै संयन्त्र परिचालन
पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकाय, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। क्लबका अनुसार हेलिकोप्टर परिचालनदेखि स्थलमार्गबाट उद्धार टोली पठाउनेसम्मका सबै विकल्पमा काम भइरहेको छ ।
विज्ञप्तिमा भनिएको छ, हामी उपलब्ध सबै स्रोतसाधन तत्काल परिचालन गरेर खोज तथा उद्धार अभियान सञ्चालन गर्ने प्रयासमा छौं । सबै आरोहीको सकुशल उद्धार होस् भन्ने हाम्रो कामना छ । यस कठिन घडीमा उनीहरूका परिवार र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति हाम्रो ऐक्यवद्धता छ ।”
विश्वकै चुनौतीपूर्ण हिमालमध्ये ब्रोड पिक
समुद्री सतहबाट ८,०४७ मिटर उचाइमा रहेको ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो । पाकिस्तान–चीन सीमास्थित काराकोरम क्षेत्रमा रहेको यो हिमाल प्राविधिक रूपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ । यहाँ मौसम एकाएक परिवर्तन हुने, हिमपहिरोको जोखिम उच्च रहने र उद्धार कार्य कठिन हुने भएकाले आरोहीहरूका लागि विशेष सावधानी आवश्यक पर्ने गर्छ ।
निर्मल पुर्जा को हुन् ?
निर्मल पुर्जा, जसलाई विश्वभर (निम्स पुर्जा) का रूपमा चिनिन्छ, नेपालका चर्चित पर्वतारोही हुन् । उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना केही दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । उनको यो उपलब्धिले विश्व पर्वतारोहण क्षेत्रमा नयाँ इतिहास रचेको थियो ।
पुर्जा सन् २००३ मा ब्रिटिस सेनामा भर्ती भएका थिए भने २००९ मा प्रतिष्ठित रोयल मरीनमा आबद्ध भएका थिए । सैनिक सेवापछि उनले पर्वतारोहणलाई आफ्नो मुख्य लक्ष्य बनाए ।
उनको पर्वतारोहण यात्रा सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्राबाट सुरु भएको मानिन्छ । सुरुमा आधार शिविरसम्म पुगेर फर्किने योजना भए पनि त्यही यात्राले उनलाई सगरमाथा आरोहणतर्फ प्रेरित गर्यो । त्यसयता उनले विश्वका सबैभन्दा कठिन हिमालहरू सफलतापूर्वक आरोहण गर्दै अन्तर्राष्ट्रिय पहिचान स्थापित गरेका छन् ।
सबैको नजर उद्धार अभियानमा
हाल सम्पर्कविहीन टोलीको अवस्थाबारे आधिकारिक जानकारी आउन बाँकी छ । प्रतिकूल मौसमका कारण उद्धार अभियान प्रभावित भए पनि मौसम अनुकूल हुनेबित्तिकै हेलिकोप्टरसहित विशेष उद्धार टोली परिचालन गरिने तयारी गरिएको छ । पर्वतारोहण समुदाय, शुभेच्छुक तथा परिवारजनले टोली सुरक्षित भेटिने आशा व्यक्त गर्दै उद्धार अभियान सफल होस् भन्ने कामना गरिरहेका छन् ।
-
मृतक परिवार र सरकारबीच ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने
-
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन, ब्रोड पिकमा उद्धारको तीव्र तयारी
-
यस्तो छ तपाईँको आज
-
राष्ट्रका नाममा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन : शान्ति, सद्भाव र राष्ट्रिय एकता जोगाउन सबैलाई संयम अपनाउन आग्रह
-
निखिल उप्रेतीको ‘आचार्य’ को फर्स्टलुक सार्वजनिक, दमदार अवतारले बढायो उत्सुकता
-
हराएको सूचनाबाट दुःखद अन्त्य: सानिमा क्यापिटलकी कम्प्लायन्स अफिसर रश्मी रिजाल आफ्नै कारभित्र मृत फेला
-
दुबईको ११ वर्षको अनुभव अब काठमाडौंमा: आगन्तुक खरेलले खोलिन् अन्तर्राष्ट्रियस्तरको ‘प्रीटि सलुन’
-
गुरु पूर्णिमामा पाँच स्रष्टालाई सम्मान, मिथिला शर्माद्वारा गुरु दक्षिणास्वरूप स्थापित
-
मोडल इभा गिरी रुँदै भन्छिन्- ‘एक हप्तादेखि म दुर्व्यवहारको शिकार भइरहेकी छु’
-
रहेनन् देव आनन्दका छोरा सुनील आनन्द